मङ्लबार, बैशाख ११, २०८१

मुलुकको ६१ जिल्लाका कोभिड संक्रमणको प्रभाव , थप २ सय ८८ जनामा संक्रमणको पुष्टि

संक्रमितको संख्या २ हजार ९९ पुग्यो, २ सय ६६ जना उपचारपछि डिस्चार्ज, ८को मृत्यु,काठमाडौं मेडिकल कलेज सिनामंगलका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि 

काठमाडौं जेठ २० , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मुलुकको ६१ जिल्लाका कोभिड संक्रमणको प्रभाव देखिनुको अलावा आज थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

त्यस्तै उहााले आज २७० पुरुष र १८ महिला सङ्क्रमित देखिएको र संक्रमितको सख्या अहिलेसम्मकै सबभन्दा बढी भएको जानकारी दिदै प्राप्त पछिल्लो डेटा अनुसार संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारीदिनु भएकको छ ।

साथै प्रवक्ता देवकोटाले आज धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जना र हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको जानकारीदिनु भएको छ ।

साथै पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको जानकार दिदै देशका विभिन्न क्वारेन्टिनमा १ लाख ४५ हजार ३ सय ७५ जना र आइसोलेसनमा उपचारमा १ हजार ८ सय २५ जना रहेको बताउनुभयो। त्यस्तै अहिलेसम्म २ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आठ जनाको मृत्यु भएको उहाले जानकारीदिनु भएको छ ।

यसैवीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलका ४ जना स्वास्थ्यकर्मी मा पनि कोरोना संक्रमण पुष्टि भएको थाहा भएको छ । संक्रमित हुने सबै स्वास्थ्यकर्मी अस्पतालले भक्तपुरको दुवाकोटमा स्थापना कोरोना विशेष अस्पतालमा कार्यरत रहेको र संक्रमित हुनेमा २४ देखि ३२ बर्ष उमेरका तीन महिला र २८ बर्षका एक पुरुष रहेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।