मङ्लबार, बैशाख ११, २०८१

मुलुकको ५९ जिल्लामा कोभिड संक्रमणको प्रभाव, एकै दिन २२६ सङक्रमित

थप १३ जना  संक्रमित थपिए ,संक्रमित संख्या १८ सय ११ पुग्यो

काठमाडौं जेठ १९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २२६ जनामा पुष्टि भएको जा नकारी सहित संक्रमणको प्रभाव ५९ जिल्लामा फैलिएको जानकारी दिनु भएको छ ।

प्रवक्ता डा.देवकोटाले २१३ जना पुरुष र १३ जना महिला गरिआज पुष्टि भएको संक्रमितको सख्या गत दुइ दिनको तुलनामा अहिलेसम्मकै सबैभन्दा बढी भएको जानकारी सहित नेपालमा कुल १ हजार ७ सय ९८ जनामा सङ्क्रमित पुष्टि भएको र यसमध्ये एक हजार ६६७ जना पुरुष र १३१ जना महिला रहेको जानकाीदिनु भएको छ।

त्यस्तै उहाँले देशभर ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण भएको छ भने १ लाख १३ हजार ७ सय ५७ जनाको आरडीटी परीक्षण भएको जानकारी दिदै आज पुष्टि भएको संक्रमितहरु क्रमस दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट १८, कैलाली १४, जुम्ला १९, दाङ ९, बाँकेका ७, सल्यान १०, सुर्खेत ५, सिराह ५, धनुषामा ७, नवरपरासीमा ३, झापा २, महोत्तरीमा २, मकवानपुर १, अछाम १, वैतडी १, कञ्चनपुर १, डोटीमा १, उदयपुर १ जना घर भएका तर हाल जनकपुर बस्ने १ जना रहेको जानकारीदिनु भएको छ ।

अपडेट :  यसैवीच आज साँझ मन्त्रलायले साँझ ६:१५ बवे जारी अको विज्ञप्तिमा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना गरि थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएसंगै संक्रमितको सख्या १८११ पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।