बिहिबार, चैत्र १५, २०८०

महानगर वडा न.१९ को खोला किनारमा ग्रीनवेल्ट सहित ३ महत्वपूर्ण योजना कार्यान्वयनको संघारमा

यस्तो छ, डल्लु पुलदेखि रामघाट पुलसम्मको खोला किनारलाइ ग्रीनवेल्टमा रुपान्तरण गर्ने वडा समितिको  डिटेल प्रोजेक्ट रिपोर्ट

काठमाडौं असार २,  काठमाडौं महानगरपालिका वडा न .१९ स्थित दमैंचाघाट विष्णुमति खोला परिसरमा पछिल्लो समय कोभिड संक्रमणका कारण जारी बन्दाबन्दीका वीच पनि अनेकन चुनौतीलाइ छिचोल्दै   २५ सदस्यीय कंग अजिमा भौ मचा :नामक महिला अर्थात बुहारी समूहले गर्दै आइरहेको हरियाली प्रवद्र्धनको कार्यारम्भका   विषयमा हामीले यसअघि समाचार प्रकाशित गरिसकेका छौं ।

यसअघि अनेकन फोहरमैलाको डम्पिङ्ग हुँदै आएको त्यसक्षेत्रमा सोहि समूहको सक्रियतामा हुँदै आएको वातावरणीय समस्यालाइ हरियालीमा रुपान्तरण गर्न सामाजीक जागरण सहित शुरु गरिएको पक्षलाइ समेट्ने हाम्रो प्रयास अनुरुप स्थलगत रिपोटिङ्गको क्रममा हाम्रा सहकर्मीले बुहारी समूहका प्रतिनिधीसंग प्रस्तुत अभियान किन र के का लागि भने जिज्ञासा राख्दा महिला अभियन्ताहरुले कोभिड १९-को जोखिम संगै अन्य थप जोखिमको कारक विषय भनेको फोहर मैला भएकै कारण सजगता सहित यस किसिमको अभियान शुरु गरिएको बताए । साथै स्थानीय समस्यासंग सरोकार राख्ने स्थानीय सरकारले पनि यस भेगको सरसफाइमा उपेक्षा गरेको आशय अभिव्यक्त गरे ।

त्यसलगत्तै हाम्रा प्रतिनिधीले काठमाडौं महानगरपालिका वडा न .१९का वडा सदस्य चन्द्रमान डंगोललाइ सरसफाइ र हरियाली अभियानको सवालमा स्थानीय निकायको सहयोग नभएको भन्ने महिला समूहको गुनोसो सहितका अन्य केहि थप विषयमा ध्यानाकर्षण गराउदा उहाँले महिला समूहको कामकारवाहीको विषयमा जानकारी पाए लगत्तै वडा समितिको तर्फबाट आवश्यक सहयोग गर्ने काम भएको जानकारी दिनुको अलावा डल्लु पुल देखि रामघाट पुलसम्मको खोला किनारलाइ ग्रीनवेल्टमा रुपान्तरण गर्दै यत्र तत्र सर्वत्र हरियाली संगै ज्येष्ठ नागरिकका वालवालिका लक्षित पार्क , बगैचा , बनाउने वडा समितिको तयारी अनुरुप आवश्यक गृहकार्य सुरु भइसकेको र यसको लागि आवश्यक डिपीआर समेत तयार भइ काठमाडौं महानगरपालकाको आगामी आवको बजेटमार्फत कार्यारम्भ् गरिने कार्य योजना रहेको बताए ।

साथै उहाँले हरियाली प्रवद्र्धन अभियानको नक्साङ्गन समेत भइसकेको जानकारी दिदै यहि विषयमा महानगर प्रमुख विद्यासुन्दर शाक्य , शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत लगायतसंग घनिभूत छलफल भएको र त्यसक्रममा महानगर प्रमुख शाक्यले प्रस्तुत योजना कार्यान्वयनका लाथि प्राथमिकरण गर्ने आश्वासन समेत दिएको जानकारी सहति सदस्य डंगोलले स्थानीय कंकेश्वरी मन्दिर परिसरमा कलात्मक गेट, पाटीपौवा , ग्रीनवेल्ट लगायतका ३ वटा महत्वपूर्ण योजना कार्यान्वयन गरिने जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साथमा यो पनि

भौ मचा: नामक महिला समूहको प्रयासमा ग्रीन प्लाण्टेशनको पूर्वाधार तयार हुँदै