बिहिबार, बैशाख १३, २०८१

मनसुन भित्रियो, आजबाट देशभर मौसमी गतिविधि बढ्ने यस्तो छ सम्भावना

काठमाडौं जेठ ३२, नेपालमा यस वर्ष विगतको वर्षमा जस्तै दुई दिन ढिलोगरी मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाले नेपालको पूर्वी भू–भागमा जुन १२ मा मनसुन प्रवेश गरेसंगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह समत गरेको छ ।

त्यस्तै शुक्रबारबाट प्रवेश गरेको मनसुन आजबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना महाशाखाले औल्याएको छ ।

यस्तै महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।