शनिबार, बैशाख ८, २०८१

मनसुनी वायुको प्रभाव: देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आव्हान

काठमाडौ असार ८ ,मनसुनी वायुको प्रभावका कारण आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तगा मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ। महाशाखाका अनुसार गत जेठ बाट ३० अर्थात जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन हिजो अर्थात जुन २१ देखि देशैभर फैलिएको हो ।

त्यस्तै महशाखाले भारी वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने जनाउ सहित सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

साथै आज प्रदेश १, प्र्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँदै मौसम पूर्वअनुमान महाशाखाले आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हुने बताएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।