शुक्रबार, चैत्र १६, २०८०

भैरहवाको भीम अस्पतालबाट २दर्जन भन्दाबढि कोभिड संक्रमित डिस्चार्ज

काठमाडौ जेठ १९, कोभिड १९ को संक्रमणबाट संक्रमितमध्ये चार वर्षकी बालिका सहित २५ जना विरामी आज उपचार पछि डिस्चार्ज भएका छन । भैरहवाको भीम अस्पतालमा उपचाररत ती विरामी आज बिहान डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सम्वद्ध स्रोतका अनुसार आज डिस्चार्जहुनेमा रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३ जना सिद्धार्थनगर नगरपालिकाका–१ जना र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।