बिहिबार, चैत्र १५, २०८०

भारत लद्दाखको सीमावर्ति क्षेत्रमा भारत र चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिक मारिए

समाचार एजेन्सी काठमाडौं असार २ , सीमा विवादका कारण सम्वन्ध चिसिएको बेला भारत र चीनका सैनिकबीच झडप भएको छ । गएराति भारत लद्दाखको सीमावर्ति क्षेत्रमा गलवन घाटीमा भएको दुवै देशका सेनाबीचको झडपमा भारतीय सेनाका एक अधिकृत र दुई जवान गरी ३ जना मारिएको भारतीय समाचार माध्यमले जनाएको छ ।

ती सञ्चामाध्यमले  भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आफ्ना तीन सैनिक मारिएको पुष्टि गरेको जनाउदै भारत र चीनबीच सीमाको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । गत मे महिनामा चिनियाँ सेना पेङगोङ झिल र गलवन घाटीमा प्रवेश गरेपछि दुई पक्षीय तनाव बढेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।