बिहिबार, चैत्र १५, २०८०

बालुवाटारमा लकडाउनको अवज्ञा गरेको भन्दै प्रदर्शनकारी माथि पानीको फोहरा प्रहार [फोटो फिचर]

  • त्रिरत्न महर्जन

काठमाडौं जेठ २७ , प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शनमा उत्रेको भन्दै    दर्जनौ प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीले  बालुवाटार क्षेत्रमा जारी लकडाउनको विरोधमा नाराजावी प्लेकार्ड प्रदर्शन संगै आरडीटि परीक्षण् बन्द गर्दै पीसीआर परीक्षणको दायरा बढाउँदै डब्लुएचओको मापदन्ड अनुरुपको क्वारेन्टाइनको व्यवस्था गर्न चिकित्सको भेन्टीलेटरको प्रबन्ध मिलाउन र स्वास्थ्य सामाग्री खरिदमा हुँदै आएको भ्रष्टाचारको छानविन गर्दै दोषीलाइ तत्काल कारवाही गर्न र कोभिड संक्रमणको रोकथामका लागि आवश्यक प्रभावकारी कदम चाल्न माग गर्दै प्रर्दशन गरेको हो ।

तर प्रर्दशनको केहि समय पछि प्रदर्शनकारी नागरिकमाथि प्रहरीले पानीको फोहरा हानेर प्रदर्शनकारीलाइ तितर वितर पार्नुको अलावा दर्जनौलाइ नियन्त्रणमा लिएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।