शनिबार, बैशाख ८, २०८१

बाँकेमा बा ४ ख ९०६४ नम्बरको फोर्स मिनिबस दुर्घटना १२ जनाको मृत्यु

काठमाडौं जेठ १९, भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको बा ४ ख ९०६४ नम्बरको फोर्स मिनिबस बाँकेमा गएराति दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जंगलमा बिग्रिएर रोकि राखेको ट्रकसँग उक्त यात्रु वाहाक बस ठोक्किएर दुर्घटना भएको जनाएको छ ।

भारतका विभिन्न स्थानवाट नेपालगञ्ज आइपुगेका सल्यान र दाङका ३३ जनालाई लिएर हिडेको बस राति साढे १२ भएको दुर्घटनामा परि मृत्यु हुनेमा एघार पुरूष र एक महिला रहेका जनाउदै प्रहरीले बाँकी २१ जना घाइते मध्येपनि दुईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइतेको बयानलाइ उदृत गर्दै प्रहरीले बस चालकले मादकपदार्थ सेवन गरेका कारण दुर्घटना भएको घाइतेजानकारी प्राप्त भएको जनाउदै दुर्घटनामा परेका सबैको अस्पतालले स्वाब संकलन गरिएको र बताईएकेछ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।