शुक्रबार, चैत्र १६, २०८०

फुटफाट बजारमा प्रेस ज्याकेटको विक्रिवितरण

काठमाडौं जेठ २५ , कोभिड -१९को बढ्दो संक्रमणको जोगिन  प्रयोग गरिने पिपिइ, मास्क, पञ्जा स्यानिटाजर लगायतका स्वास्थ्य सामाग्री संगै पछिल्लो समय बजारमा खुलेआम मात्र नभइ मनमानी मूल्य तोक्दै प्रेस ज्याकेटको समेत विक्रिवितरण हुने गरेको पाईएको छ ।

ज्याकेटको मूल्य बुझ्दा प्रति ज्याकेटको रु ८ सय पर्ने यो ज्याकेट लगाएपछि लकडान सकडाउनको कुनै मतलव नहुने भन्दै खरिद गर्न हौसाएको  बताए ।

मुलुक संविधानले चौथौं अङ्गको रुपमा स्वीकार गरिएको पत्रकारिता जगतसंग आवद्ध पेशाकर्मीले विषम अवस्थाको समयमा मात्र प्रयोग गर्ने प्रेस ज्याकेट आज भोली संकटको अवसर छोप्दै दिन दुइगुणा रात चौगुणा मुनाफा आर्जन गर्न पल्लकेका अनेकन नाम धारी व्यवसायीले आफु खसी बनाउँदै फुटफाट बजारमा विक्रिवितरण गर्ने गरेको समाचार संकलनको क्रममा हाम्रा प्रतिनिधीले क्षेत्रपाटी स्थित एक फुटफाट बजारमा पाएसंगै ती व्यापारीलाइ ज्याकेटको मूल्य बुझ्दा प्रति ज्याकेटको रु ८सय पर्ने यो ज्याकेट लगाएपछि लकडान सकडाउनको कुनै मतलव नहुने भन्दै खरिद गर्न हौसाएको बताए ।

अनि यसरी प्रेस ज्याकेट विक्रि गर्नुु अनाधिकृत काम हो भन्ने थाहा छ कि छैन भन्ने प्रश्न गर्दा मुनाफा बढि आउने र माग पनि बढि भएका कारण विक्रिमा राखेको बताए । अनि यसमा प्रेस मात्र लेखिएको छ कुनै लोगो अंकित ज्याकेट पनि पाइन्छ भने ल्याइदिन भन्दा आज भन्दा २ हप्ता अघि सम्म थियो तर तपाइले भने जस्तो लोगो अंकित ज्याकेट सकिएको समेत भन्न भ्याए ।

प्रेस मात्र लेखिएको छ कुनै लोगो अंकित ज्याकेट पनि पाइन्छ भने ल्याइदिन भन्दा आज भन्दा २ हप्ता अघि सम्म थियो ,तर तपाइले भने जस्तो लोगो अंकित ज्याकेट सकिएको समेत भन्न भ्याए ।

यसरी मुनाफाकै कारण पेशागन संगठनको लोगो अंकित ज्याकेटको पनि विक्रि वितरण भएको यर्थात समेत बुझ्न  हामीलाइ समय लागेन र यसवीचमा सुरक्षा निकायका अधिकारीले भने जस्तो लकडाउनको समयमा प्रेस लेखिएको ज्याकेट लगाउदैमा कोभिड संक्रमण नहुने होकी वा उपत्यकाकामा मात्र कति सञ्चारकर्मी हो कुनै लेखाजोखा नै नभएको जो संग पनि प्रेस ज्याकेट त हुन्छ तर कुन सञ्चारगृको हो भने जानकारी हुँदैन भन्दै आश्चर्य व्यक्त गरेको प्रसंग यहाँ मेल खान्छ ।

बजारमा कुनै पनि आवरणमा प्रेस ज्याकेटकको विक्रि वितरण किमार्थ स्वीकार्यको प्रसंग होइन र हुन पनि सक्दैन । त्यसअर्थमा प्रेस लेखिएको ज्याकेट धfनरीसंगै नियमनको क्रममा संस्थागत परिचय पत्र वा सूचना विभाग वा र सञ्चार रजिष्टारको कार्यालयबाट जारी परिचयपत्र समेतको खोजी गर्न र सम्वद्ध पत्रकार महासंघ लगायतका निकायले यसतर्फ नियमन गर्न जरुरी भइसकेको अवस्था छ ।

सूचनाका संवाहक मात्रले प्रयोग प्रेस लेखिएको ज्याकेटको दुरुपयोग सम्बन्धमा हामीले यसअघि पनि समाचार प्रकाशन गरेको विषय प्रति हाम्रा पाठक वर्ग जानकार नै छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।