शुक्रबार, चैत्र १६, २०८०

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५५ वर्षिया कोभिड संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

काठमाडौं असार ११,  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोभिड संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्दारा जारी विज्ञप्तिमा स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका ५५ बर्षका पुरुषको उपचारको क्रममा क्रममा गएराती निधन भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा गत असार ८ गते अस्पताल भर्ना भएका ति पुरुष न्युमोनिया,मधुमेह रोगबाट समेत प्रताडित रहेको प्रतिष्ठानका निर्देशक एवम् सह प्राडा अर्जुन आचार्यले जनाएको छ ।यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।