शनिबार, बैशाख ८, २०८१

परीक्षणको दायरा बढाउन स्वास्थ्यमन्त्रीलाइ काँग्रेसको ध्यानाकर्षण

काठमाडौं असार १६ , नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले गठन गरेको कोभिडपछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधीमण्डलले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोभिड बाहेक अन्य स्वास्थ्य समस्या भएका  विरामीहरुले सुविधा पाउन नसकेको, प्रत्येक स्थानीय तहमा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स ब्यवस्था गर्न, स्वास्थ्यकर्मी र प्रयोगशाला प्राविधिक पठाउन आवश्यक रहेको
खरिद प्रकृया अपारदर्शी भएको र यसवीचमा भएको अनियमितताको सत्यतथ्य बाहिर ल्याउन र छानविन गर्न त्यस्तै केन्द्रीय सरकारले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको जस्ता मुलभुत एजेन्दा उठान गरिएको छ ।

त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरि काम सरकारले कार्यारम्भ गरिसकेको त्यस्तै यसवीचमा बढ्दो संक्रमितको संयालाइ दृष्टिगत गर्दै साहि अनुरुप आवश्यक तयारी अघि बढाएको जानकारीदिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।