बुधबार, बैशाख १२, २०८१

नेपाल -भारतवीच जारी सिमाविवाद कुटनैतिक पहलबाट निरुपण गर्नुको विकल्प नभएको महासंघको ठहर

काठमाडौ असार ६ , सीमा क्षेत्रमा देखिएको विवाद समाधानका लागि वार्ता र सहमतिबाट अघि बढ्न विश्व हिन्दु महासंघले आग्रह गरेको छ ।

महासंघकी महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै  पछिल्लो समय नेपाल भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवादका कारण सिर्जित समस्याका कारण दुइ देशवीचको  पारस्परिक सम्बन्ध तथा धार्मिक आध्यात्मिक एकतामा आँच आउन सक्ने संभावनालाइ निस्तेज बनाउन तत्काल दुवै देशका सरकारबीच समझदारी सहितको कुटनैतिक पहलबाट जारी विवादको निरुपण गर्नुको विकल्प नभएको भन्दै यस्तो आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा परापूर्वकालदेखि स्वतन्त्र रहँदै आएको नेपाल अधिराज्यको एकीकरणदेखि नै आफ्ना निकटतम् छिमेकी तथा टाढाका मित्रहरूसँग समेत हामीले सधैं समदूरीको सन्तुलित कूटनीति अपनाउँदै गर्दा साँध–सीमाना जोडिएका देशहरूका बीचमा सीमा विवाद हुनु स्वभाविक रहेको उल्लेख गरिएको छ ।
त्यस्तै सीमा विवादलाई अनावश्यक रूपमा व्याख्या गरी यसबाट सम्बन्धित मित्र राष्ट्रहवीचको  सम्बन्धमानै आँच आउने अभिव्यक्तिले हाम्रो धर्म, संस्कृति, प्रथा, परम्परा र आर्थिक, सामाजिक, मूल्यमान्यता, रीतिरिवाज, जीवनशैली धार्मिक तथा आध्यात्मिक एकतामा समेत खलल पुग्न सक्ने भएको हुनाले यस्तो विवादलाई कुटनीतिक तरिकाले टुंगो लगाउन नेपाल र भारत दुवै तयार हुनुपर्नेमा जोड दिईएको छ ।

त्यस्तै पशुपतिनाथदेखि गोरखनाथ, विश्वनाथ हुँदै तिरुपतीसम्म, डोलेश्वर–केदारनाथ, लुम्बिनी– बोधगया, जनकपुर – अयोध्यासम्मको तथा शंकराचार्यका चारै मठहरूको नेपाल र भारतसँग संसारभरिका ॐकार परिवारको अविछिन्न धार्मिक तथा आध्यात्मिक एकताको आत्मिक तथा भावनात्मक सम्बन्धलाई अक्षुण राख्ने कार्यमा भारतले वार्ताको सहज माध्यमबाट अगाडि बढ्न र बढाउनका निम्ति उपयुक्त समय र परिस्थितिको निर्माण गरोस् भन्ने आग्रह समेत अभिव्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।