बुधबार, बैशाख १२, २०८१

नेपालमा थप ३३१ जनामा कोभिड संक्रमितको पुष्टि

उपत्यकामा थप ८ जनामा संक्रमण

काठमाडौं असार ६ , नेपालमा थप ३३१ जनामा कोभिड संक्रमितको पुष्टि भएको छ । मन्त्रालयको आजको मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३३१ जनामा सो संक्रमितको पहिचान भएको   र यसमध्ये काठमाडौंमा थप १ जना र भक्तपुरमा ७ जना  समेत  रहेकोजानकारी दिनु भएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ।

जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । त्यस्तै पहिचान भएका संक्रमित मध्ये ४९ महिला र पुरुष दुई २८२ जना रहेको पनि प्रवक्ता गौतमले बताए । त्यस्तै आज १७६ जना निको भएर घर फर्क्किएसंगै उपचारपछि डिस्चार्ज हुनेको सख्या १ हजार ५ सय ७८ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।