बिहिबार, चैत्र १५, २०८०

नेपालमा कोभिड संक्रमणका कारण थप एकको मृत्यु ,संक्रमितको सख्या २ हजार ३ सय

काठमाडौं जेठ २१ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड संक्रमणबाट दोलखाका ७६ पुरुषको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको जनाएको छ ।  मन्त्रालयका अनुसार गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना भइ आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयको आजको मिडया बिफ्रिङ्ग प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता देवकोटाले आज मुलुकका विभिन्न भागमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको जानकाीदिनुभएको छ। साथै उहाँले  प्राप्त पछिल्लो डेटाअनुसार पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएको र पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण गरिएको बताउनभयो । त्यस्तै देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ सय ७८ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।