मङ्लबार, चैत्र ६, २०८०

नेपालका ७७ वटै जिल्ला नै कोभिड सङ्क्रणको प्रभावमा, संक्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भाइरस रिमुभिङ कार्डको भ्रममा नलाग्न मन्त्रालयको आग्रह

काठमाडौं असार १३ , पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२० महिला र ४३४ पुरुष गरी कूल ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै कुल संक्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय रसुवा जिल्लामा समेत ८ महिला र १ पुरुष गरी ९ जनामा संक्रमित भेटिएको जनाउदै मुलुकको ७७ जिल्ला कोभिड संक्रमणको प्रभावमा रहेको बताउनुभयो ।

त्यस्तै प्रवक्ता गौतमले गौतमले आजमात्रै १८ महिला र ११८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या २ हजार ८३४ पुगेको  र मुलुकको २२ वटा प्रयोगशालामा पीसीआर विधिबाट पछिल्लो २४ घन्टामा ४ हजार ६०६ जनाको परीक्षण भएको र ६५ हजार ७१२ जना क्वारेन्टिनमा र नौ हजार ४४७ जना आइसोलेशनमा रहेको जानकारीदिनु भएको छ ।  साथै उहाले कैलालीको गोदावरी नगरपालिका–७ का एक ५० वर्षीय पुरुषको मृत्युभएसंगै सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको बताउनुभयो ।

त्यस्तै प्रवक्ता गौतमले कोभिड १९को विषयमा व्यक्ति वा समूहको निहित स्वार्थका कारण भ्रम सिर्जन गर्ने काम भएरहेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउदै पछिल्लो समय  भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र त्यसलाई घाँटीमा झुन्ड्याएमा कोरोना निको हुन्छ भनेर अनावश्यक भ्रम फैलिएको पक्षमा  सचेत हुन आग्रह समेत गर्नु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु