शुक्रबार, चैत्र १६, २०८०

थप ४२५ जना नयाँ कोभिड संक्रमितको पहिचान, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं जेठ ३२,  विव्यापी कोभिड संक्रमणको महामारी अन्र्तगत नेपालम पछिल्ले २४ घण्टामा थप ३७५ पुरुष र ५० जना महिला गरि ४२५ जना नयाँ कोभिड संक्रमित थपिएका संगै संक्रमितको संख्या ५७६० पुगेको सवास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आजको नियमित प्रेस ब्रिफिङमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो।

त्यस्तै उहाँले थप ६१ जना कोभिड संक्रमणाको उपचार पछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या ९७४ पुगेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।