मङ्लबार, बैशाख ११, २०८१

जुवा खेल्दै गरेको अवस्थामा अशोक अग्रवालसहित ९ व्यवसायी रङ्गेहात पक्राउ

काठमाडौं जेठ २० , नेपाल प्रहरीले राजधानीके कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ९ जना व्यवसायीलाइ रङ्गेहात पक्राउ गरेका छन । स्थानीय कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले उनीहरुलाई जुवा खेल्दै गर्दा  दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद सहितरङ्गेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई लगायतका रहेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।