बिहिबार, बैशाख ६, २०८१

चौतर्फी दवाव संगै कर तिर्नु पर्ने समयसिमा असार ७ सम्मका लागि थप

देश चलाउँछु भन्नेहरुमा हराउदै गएको शुन्यतासंगै  दुरदर्शिता भन्दा पनि बचकनापन हावी रहेको व्यवसायीवृतको जनाउ

काठमाडौं जेठ २१ राजनैतिक दल व्वसायीवृत नागरिक समाज संगै चौतर्फी विरोधपछि सरकारले जारी गरेको कर तिर्नु समयसिमाको उर्दी जेड २५ गतेबाट बढाउँदै असार ७ गतेसम्मका लागि थप गरेको छ । आन्तरिक राजश्व विभागले आज एक सूचना जारी गर्दै कर तिर्नुपर्ने समयसीमा थप गरेको जनाएको हो ।

यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म सबै कर बुझाउन सूचना जारी गरेको थियो । त्यस्तै जारी सूचनामा मूल्यअभिवृद्धि कर र अन्तःशुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने उल्लेख छ । उक्त मितिमा कर नबुझाएमा मात्र ब्याज तथा थप जरिवाना लाग्ने उल्लेख गरेको छ ।

साथै थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ, फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ । त्यस्तै अन्तःशुल्क २०७६ को फागुन, चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैवीच एक व्यवसायीले भने सरकार आफ्नै कारणले जनमावृतमा अलोकप्रिय बन्दै गएको बताउदै भने शक्तिको उन्मादमा सोच विचार नगरी निर्णय गर्छ अनि फिर्ता गर्छ । सामान्य घर चलाउन त ससाना निति नियमसंगै समय परिस्थिती संगै अनेकन विषयवस्तुको पालना गर्नु पर्छ भने देश चलाउँछु भन्नेहरुमा हराउदै गएको शुन्यताका कारण समग्रमा नागरिक समाज प्रताडित बन्दै आएको बताए । पछिल्लो समय सरकारले शक्ति उन्माद प्रदर्शन गरेको अनेकन एजेन्दा फिर्ता गरेको अवस्थालाइ हेर्ने हो भने पनि  दुरदर्शिता भन्दा पनि बचकना पन हावी रहेको बताए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।