बिहिबार, बैशाख १३, २०८१

घरभाडामा ५० प्रतिशत छुट दिन पर्यटकीय क्षेत्र ठमेलका व्यवसायीको माग

काठमाडौ असार ९,  कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा पुगेको परेको प्रभावलाइ दुष्टिगत गर्दै यस क्षेत्रसँग आबद्ध व्यवसायीले ठमेल क्षेत्रमा रहेको घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् । कोभिड संक्रमणको उच्च जोखिम संगै विगत ३ महिना देखि जारी लकडाउनका कारण व्यपार व्यवसाय प्रायः ठप्प रहेको जनाउदै ठमेल क्षेत्रका व्यवसायीले पछिल्लो समय व्यवसाय र व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको जनाउ सहित मौजुदा घरभाँडामा ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह हो ।

ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा परिषद्द्वारा गठित कोभिड– १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिका संयोजक तथा परिषद्का उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफल पछि जारी विज्ञप्तिमा यसते आग्रह गरिएको उल्लेख गरिएको छ । बन्दाबन्दी शुरु भएदेखि कम्तीमा एक वर्षसम्म ठमेललगायतका पर्यटकीय क्षेत्रका घर धनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी छुट दिन यस्तो आह्वान संगै एक वर्षसम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिन सम्बन्धित निकाय र त्यस्तै इन्टरनेट सेवा प्रदायकलाइ समेत अनुरोध गरेका छन् ।
यसरी ध्यानाकर्षण गराउने सङ्घसंस्थामा क्रमस परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एशोसिएसन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल र कैलाश यात्रा सङ्घ रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।