बिहिबार, बैशाख १३, २०८१

घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्न काँग्रेसको माग

काठमाडौ असार ४,  नेपाली काँग्रेसले धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी शम्भु सदा (मुसहर) को सबैलास्थित इलाका प्रहरीको हिरासतमै गत जेठ २८ गते शङ्कास्पद रूपमा मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसले आज जारी विज्ञप्तिमा घटनाको न्यायिक छानबिन गरी सत्यतथ्यका आधारमा दोषीलाई कारवाही गर्नुका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यसैवीच काँग्रेसले बन्दाबन्दीको अवस्थामा सिमानामा बस्ने, खाने र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नभएका कारण अनाहकमा नागरिकले मृत्युवरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । भारतबाट रोजगारी गरी फर्किएका वीरेन्द्र यादवको केही दिनअघि बन्दाबन्दीको बेला नेपालको सिमाना नगराइन नगरपालिका जटही टोल सीमा प्रवेश गर्दै गर्दा धेरै दिनको भोकका कारण मृत्यु भएको थियो । काँग्रेसले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।