मङ्लबार, बैशाख ११, २०८१

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर तथा नक्कली कस्मेटिक मालसामानका कालाबजारी प्रहरीको फन्दामा

काठमाडौं जेठ २७,  नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले स्यानिटाइजर तथा कस्मेटिक सामानको कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई आज दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ खुसिबु बस्ने भारत बनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने  ३३ वर्षीय प्रदिप उपाध्याय लुईटेल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तद्दयले अवैध रुपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक मालसामान तयार गरी बिक्री वितरण एवम भण्डारण गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।  त्यस्तै अभियुक्तद्दयले विभिन्न प्रख्यात ब्राण्डहरु डिफेन्स लुकअप, ब्रोदर ब्रुउक्स, रुबिया ह्यान्ड वास, बिई वन एडभान्स, जेमिनि ह्रान्ड वास, ग्रिलिसिरिन मेगेनटा, लगायतका स्टिकर आफैले छपाई गरी खाली बोतलहरुमा लेभलिङ गर्दै सक्कली ब्राण्ड जस्तै बनाई बजारमा अबैध रुपमा बिक्री बितरण गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार २ सय ९० लिटर, स्किमर्स लेखिएको तयारी स्यानिटाइजर ५ सय एमएलको ८ बोतल, तयारी स्यानिटाइजर ५ लिटरको ग्यालेन २६ थान, १ सय एमएलको प्लाष्टिकको बोतलमा राखेको तयारी स्यानिटाइजर १ सय ९५ थान, रुबिया ह्यान्डवास लेखिएको १ सय ४० एमएलको बोतल १ सय ७२ थान, बीई वन एडभान्स लेखिएको २ सय ५० एमएलको बोतल १३ थान र ब्रान्ड नखुलेको सानो बोतल ३० थान समेत प्रहरीले बरामद गरेको छ । साथै गिलिसिरिन, डिफेन्स लुक अप, बिई वन जिमिनि समेत लेखिएका तयारी स्यानिटाइजरमा टास्ने स्टिकरहरु १ झोला, बिभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन ५ थान, ट्याग लगाउने मेसिन १ थान, बिभिन्न छापहरु ६ थान, ६ सय एमएल लेखिएको भरी बट्टा २३ थान, बिभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरु रहेको कार्टुन ४ थान, सिल्भर पत्ता ६ थान र तौल गर्ने डिजिटल मेसिन १ थान समेत प्रहरीले बरामद भएको जनाउदै
यस सम्बन्धमा थप थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।