मङ्लबार, बैशाख ११, २०८१

गण्डकी र गुल्मीमा थप ३१ जना संक्रमितको पहिचान, नेपागञ्जमा संक्रमणबाट थप एकको मृत्यु

काठमाडौं असार ३ , गण्डकी प्रदेशमा आज २१ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनामा उल्लेखभए अनुसार प्रदेशका दुई जिल्लामा २१ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै गुल्मीमा आज थप १० जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा आठ महिनाको शिशु पनि रहेको थाह भएको छ  ।

 यसैवीच नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा फोक्सोमा समस्या समाधानका लागि उपचारका भर्ना भएकी एक महिलाको मृत्य भएको छ ।  ४६ वर्षिय महिलाको उपचारका क्रममा सोमबार साँझ साढे ६ बजे अस्पतालमा मृत्यु भएको र निजको स्वाव परीक्षणको क्रमम कोभिड संक्रमण पुष्टि भएको अस्पताललाइ उदृत गर्दै प्राप्त जानकारीमा उल्लेख गरिएको छ । यद्यपी यसको औपचारिक पुष्टि स्वास्थ्य मन्त्रालयले आजको पत्रकार सम्मेलन मार्फत मार्फत गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।