बिहिबार, बैशाख १३, २०८१

क्वारेन्टाइनमा बलात्कार:  काँग्रेसले भन्यो – क्वारेन्टाइनको बेथितिमा आफ्नो अनुहार हेर सरकार !

काठमाडौं असार १, नेपाली काँग्रेसले कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीस्थित शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकी एक महिलामाथि भएको बलात्कारको घटनाका दोषिलाइ तत्काल कारवाही गर्न सरकारसंग माग गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता एवम सूचना, संचार तथा प्रचार विभागका प्रमसख समेत रहेका विश्वप्रकाश शर्माले आज एक ििवज्ञप्ति जारी गर्द क्वारेन्टिनमा भएको वलात्कारका घटना अत्यन्तै निन्दनीय र गम्भीर रहेको जनाउदै घटनामा जो कोहि सामेल हुन्, बिना कुनै मोलाहिजा कडा कार्वाही गर्न माग गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी रहेको जिकिर गर्दै सरकारको उदासिन चरित्र अर्कमण्यताका कारण क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउदै क्वारेन्टाइनमा भएको यस घटनाले अन्तत कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको उल्लेख गरिएको छ ।

त्यस्तै मुलुकमा ३ तहका सरकार छन् तर क्वारेन्टाइनमा एउटा चेलिको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ ? भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले क्वारेन्टाइनको ब्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गांसिन्छ कि गांसिन्न ?  भन्ने थप प्रश्न गर्नु भएको छ ।

त्यस्तै क्वारेन्टाइनका बेथितिहरु समेत विरुद्ध दबाब दिन नेपाली कांग्रेसले भोलि असार २ गते स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई बिशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको समेत उल्लेख गरिएको छ ।