शुक्रबार, चैत्र १६, २०८०

कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले समस्या भएको प्रम ओलीको स्वीकारोक्ति

  • प्रम ओलीले भने- कोभिड १९ मा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने जनाउ
  • भ्रष्टाचार गरेको पाइए सरकारले कानुनी कारवाही गर्ने यसअघिको प्रतिवद्धतालाइ पुन अभिव्यक्त गर्दै व्यक्तिलाइ ड्यामिज गर्नका लागि लाञ्छना लगाउने काम तर्क संगत नभएको जनाउ

काठमाडौं जेठ २८, प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आजको बैठकमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि रु भनेर शंका नगर्न आग्रह गरेका छन् । तयस्तै प्रम ओलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै यस्तो आग्रह गर्नु भउको हो ।

त्यस्तै संकटमा कसैले भ्रष्टाचार गरेको पाइए सरकारले कानुनी कारवाही गर्ने यसअघिको प्रतिवद्धतालाइ पुन अभिव्यक्त गर्दै व्यक्तिलाइ ड्यामिज गर्नका लागि लाञ्छना लगाउने काम तर्क संगत नभएको बताउनुभयो ।

साथै उहाले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताउदै कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको स्वीकारेका छन । यद्यपी सरकारको यसको व्यवस्थापन सज तरिकाले गर्न प्रयत्नशिल रहेको समेत बताए ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।