शनिबार, बैशाख ८, २०८१

कोभिड १९ को बढ्दो प्रभावलाइ निस्तेज बनाउने अद्भुत खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाडौं असार ७, २०७७ असार ७ गते आइतवार खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषीहरुले बताएका छन् । यो ग्रहण खण्डग्रास भएपनि खग्रास ग्रहण जस्तै लामो हुने बताइएको छ । विहान १०ः५० बजेदेखि दिउसो १४ः२३ बजेसम्म लाग्ने यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनटको रहेको ज्योतिष दीपक सुवेदीले बताएका छन ।

त्यस्तै ज्योतिष सुवेदीका अनुसार यस पटक लाग्दै गरेको ग्रहण अन्य ग्रहण भन्दा फरक रहेको बताउदै गत २०७६ पौष १० गते लागेको सूर्य ग्रहण विशेष असाधारण भएकै कारण विश्वले कोभिडको १९ महामारी खेप्न परेको उनको भनाई छ । पौषमा धेरै ग्रह ग्रस्त थिए भने यस पटक लाग्दै गरेको ग्रहणकालमा धेरै ग्रह बक्र छन् । त्यसअर्थमा पनि कोभिडको कारण विश्वभर आर्थिक मन्दि भइरहेको बेला बक्र ग्रहले त्यसलाई झन बढाउने खतरा रहेको बताएका छन ।

साथै उहाँले प्रस्तुत खण्डग्रास सूर्य ग्रहण मोक्षभए लगत्तै विश्वव्यवापी महामामारी कोभिडको प्रभाव क्रमस निस्तेज हुँदै जाने दावी सहित नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, कंगो, इथिओपिया, युरोप, हिन्दमहासागर, प्रशान्तमहासागर, अफ्रिका लगायतका विश्वका धेरै मुलुकबाट देखिने यो ग्रहण मृर्गशिरा एवं आद्र्रा नक्षत्र र मिथुन राशिमा लाग्ने भएकोले मिथुन राशिका व्यक्तिलाई बढी असर कारक रहेको बताए ।

साथै मेष राशिको लागि व्यक्तिगत रुपमा फाइदाजनक हुने, श्रीवृद्धि हुने, वृष राशिको लागि क्षतिकर हुने, लेनदेन आदि कारोबारमा सावधानी अप्नाउनु पर्ने । मिथुन राशिको लागि अल्लि बढी कष्टकर अथवा घातप्रद हुने, कर्कट राशिको लागि ग्रहणको फल व्ययकर अर्थात खर्चप्रद रहने, सिंह राशिको लागि भने यो ग्रहणको फल लाभकर हुने जनाउ सहित ज्योतिष सुवेदीले भने कन्या राशिको लागि सुखप्रद, मानप्रतिष्ठा, कामकार्यमा उन्नतिप्रगति हुने, तुला राशिको लागि मान नाश हुने, जनव्यवहारमा सावधानी अप्नाउनु उचित हुने भनिएको छ । वृश्चिक राशिको लागि स्वास्थ्यमा कष्ट पर्नसक्ने, आहारविहार आदिमा ध्यान पुर्याउनु पर्ने बताइएको छ । धनु राशिको लागि श्रीमान श्रीमती तथा प्रेमि प्रेमिकाबीच द्वन्द पर्नसक्ने, व्यापार कारोबार र यात्रामा पनि ख्याल पुर्याउनु पर्नेछ । यसै गरी मकर राशिको लागि सुख एवं आरोग्यवर्धक रहने, कुम्भ राशिको लागि चिन्ता बढाउने संभावना, विद्यार्थीहरुले अध्ययनमा बढी प्रयत्न गर्नुपर्ने, मीन राशिको लागि यो ग्रहणको फल रोगव्याधिप्रद रहने र खानपान आदिमा ध्यान दिनुपर्ने ज्योतिषीय विश्लेषण दिएका छन ।