शनिबार, बैशाख ८, २०८१

कोभिड- १९ आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका जारी [निर्देशिका सहित]

सामान्य अवस्थाका कोभिड संक्रमित अव घरमै आइसोलेसनमा वस्न पाउने

काठमाडौ जेठ २१ , कोभिड संक्रमणको बढ्दो जोखिम संगै  सरकारले कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बधि निर्देशिका जारी गरेका छ ।
त्यस्तै निर्देशिकामा  सामान्य अवस्थामा रहेका संक्रमित लाइ घरमै आइसोलेसनमा वस्न पाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्दारा जारी निर्देशिकामा कोभिड संक्रमणलाइ हल्का, मध्यम, गम्भिर र नाजुक चरणमा वर्गीकरण गर्दै यसमध्ये लक्ष्यण नदेखिएका र हल्का लक्ष्यण देखिएकाहरु घरमा नै सुरक्षित वस्न पाउने व्यवस्था गररएको उल्लेख गरिएके छ । तर यसरी घरमा बस्दा पनि आवश्यक सावधानी भने अपनाउनुपर्नेनिर्देशिकामा उल्लेख गरिएको छ ।

त्यस्तै निर्देशिकामा स्वास्थ्य संस्थाको नियमति सेवाहरू कुनैपनि कारणलेअवरुद्ध वा संस्था सिल गर्नै नपाइने र स्वास्थ्य संस्था अस्पतालमा कुनै कोभिड संक्रमक भेटिए २ घण्टा भित्र उक्त स्थानलाई उचित सामाग्रीको प्रयोग गर्दै Disinifact  गर्दै पुन सेवा सूचारु गर्ने व्यवस्था मिलाउनुपने समेत उल्लेख गरिएको छ।

यस्तो छ आइसोलेसन व्यवस्थापन सम्बधि निर्देशिका :

यसैवीच आज स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको बढ्दो सङ्ख्या संगै अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएकेछ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशनले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्या अवस्थाका बिरामीलाई निर्देशिका अनुरुप उपचार गरिने जनाउ दिनु भएको छ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।