बिहिबार, चैत्र १५, २०८०

कोभिड संक्रमितको शव व्यवस्थापनको क्रममा प्रहरी र स्थानीय वीच झडप ,एक दर्जन प्रदर्शनकारी घाइते

पोखरा असार ११,  कोभिड संक्रमणबाट मृत्यु भएक स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनको क्रममा कोभिड संक्रमितको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नं ३२ का स्थानीयले टायर नै बालेर विरोध प्रदर्शन गरेका छन् ।

सेती नदी किनारमा शव व्यवस्थापनको तयारी भएको चर्चासंगै पोखरा महानगरपालिका वडा नं। ३२ का स्थानीयले कोभिड संक्रमितको शव गाड्न नदिन भन्दै टायर नै बालेर विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि शुरु भएको झडपका कारण एक दर्जन प्रदर्शनकारी घाइते भएको समेत प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।