शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, करिब ८० लाख संक्रमित

काठमाडौं असार १ ,  चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड १९ बाट विश्वभर विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका छन भने ४ लाख ३५ हजार ६८१ ले मृत्यु वरण गरेको डब्लुएचओको न्यूज वुलेटिनमा उल्लेख गरिएको छ ।

त्यस्तै वुलेटिनमा संक्रमण प्रताडित ४१ लाख २९ हजार ३०९ जना नागरिक उपचारपछि निको भएके र ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका उल्लेख गर्नुको अलावा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ ।

त्यस्तै  डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ

यसैवीच भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।