शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमणबाट मृत्यु हुनेको सख्या १८ पुग्यो

काठमाडौं जेठ ३१, कोभिड संक्रमणका कारण मृत्यु वरण गर्ने सख्या १८ पुगेको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा संक्रमण पुष्टि भएसंगै मृतकको सख्या १८ पुगेको हो ।

नारायणी अस्पताल स्रोतका अनुसार वीरगञ्जको घण्टाघर स्थित खाली जग्गामा वेवासिर मृत भेटिएका व्यक्तिको स्वाव परीक्षण गर्दा संक्रमण पुष्टि भएको त्यस्ते वीरगंजकै हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।

यद्यपी यसको औपचारिक पुष्टि आज स्वास्थ्य मन्त्रालयले आफनो नियमित  कार्यक्रम मार्फत गर्ने तयारी रहेको बुझिएकोछ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।