मङ्लबार, चैत्र ६, २०८०

कोभिड संक्रमणबाट थप एकको मृत्यु

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित ,गुल्मीका १२ जना संक्रमित डिस्चार्ज

काठमाडौं असार १३ , नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० बर्षिय पुरुष हुन ।

कोभिड संक्रमण पुष्टि भएपछि उनलाई असार ११ गते चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई कलेजोको क्यान्सर समेत भएको र सोको उपचारका लागि उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएको थाहा भएको छ ।

यसैवीच गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये २२ जना स्याङ्जाको रेहेका जनाएक छ ।त्यस्तै गुल्मीका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । इस्मा गाउँपालिकाका दश जना र मालिका गाउँपालिकाका दुई जना संक्रमितहरुको दुई पटक पीसीआर जाँचपछि परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु