बिहिबार, बैशाख १३, २०८१

कोभिड संक्रमणका कारण आज थप एकको मृत्यु, २७८ जना नयाँ सङ्क्रमित

काठमाडौ जेठ २३,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को सङ्क्रमणबाट सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको जानकारी दिनु भएको छ ।

मृतक गत जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जानकारी सहित प्रवक्ता देवकोटाले मुलुकको ६८ जिल्लामा कोभिड संक्रमणको प्रभाव सहित आज २६७ पुरुष र ११ महिला गरि २७८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जानकारी दिनु दिनु भएको छ ।

आज पहिचान भएका संक्रमित संगै मुलुकमा कुल संक्रमितको सख्या २ हजार ९१२ पुगेको बताउनुभयो । त्यस्तै कुल संक्रमितमध्ये ३३३ जना उपचार पछि डिस्चार्ज भएको उहाँले बताए ।

त्यस्तै प्रवक्ता देवकोटाले पिसिआरबाट ८८ हजार ३६६ र आरडिटी परीक्षण गरि कुल एक लाख ३२ हजार ९६६ व्यक्तिको परीक्षण गरिएको बताउनुभयो । त्यस्तै आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेको समेत जानकारीदिनु भयो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।