शुक्रबार, बैशाख ७, २०८१

कोभिडबाट थप एकको मृत्यु , ३७ नयाँ संक्रमित र १७ जना संक्रमित डिस्चार्ज

काठमाडौं जेठ ३०, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो बुधवार मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो प्राप्त जानकारी अनुसार मृतकको घाँटीको शल्यक्रिया पछि  श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

उपचार लगत्तै घर फर्कदै गर्दा उनको मृत्यु भएको र मृत्यु पछि स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

यसैवीच गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाइ उदृत गर्दै प्राप्त जानकारीअनुसार संक्रमित सबै पुरुष रहेको बताईएको छ । त्यस्ते सप्तरीबाट आजै दुई सुरक्षाकर्मी, सहित १७ संक्रमित उपचारपछि डिस्चार्ज भएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु