बुधबार, बैशाख १२, २०८१

कोभिड पछिको सिकाइ : नेपालका विद्यालय नेतृत्वसँग विश्वव्यापी अनुभवआदान प्रदान

काठमाडौं जेठ २६ , काठमाडौँस्थित इजरायली दूतावासले कोभिड–१९ र यसपछिको दुर्गम क्षेत्रको सिकाइबारे नेपालका विद्यालय नेतृत्वसँग विश्वव्यापी अन्तर सञ्जाल सम्मेलन शृङ्खलाको सहजीकरण गरेको छ । अन्तर्राष्ट्रिय विकास सङ्गठनका लागि इजरायली नियोग (मसाभ) मार्फत् नेपालका विद्यालय नेतृत्व सँग गरिएको उक्त सम्मेलनको पहिलो दिन नेपालकालागि इजरायली राजदूत बेनीओमरले आफ्ना धारणा सार्वजनिक गर्दै यस विषयमा इजरायलले गरेका उत्कृष्ट अभ्यासबारे अनुभवात्मक विचार प्रस्तुत गरे ।

इजरायलले कोभिड र यसपछिको सिकाइ प्रक्रिया सहज बनाउन सक्ने कुरा प्रतिआशा व्यक्त गर्दै राजदूत ओमरले शिक्षामा गरिएको लगानी कुनै पनि देशको ठूलो सम्पत्ति भएको र यसको परिणाम तत्कालन देखिएपनि देशको राजनीतिक नेतृत्वले यसको उच्चमूल्याङ्कन गर्नुपर्ने बताए ।

 ओएफआरआइ सेन्टर, मसाभकी निर्देशक युदिथ रोजेन्थलले चार दिवसीय अन्तरसञ्जाल सम्मेलनको संयोजन गर्दै सिकाइका विभिन्न पक्षबारे यही जुन महिनामा नेपालको विद्यालय नेतृत्वसमक्ष आफ्ना विचार,अनुभव र धारणा व्यक्त गर्दै छिन् । रोजेन्थलको उक्त धारणामा नवीन शैक्षिक पद्धति, सामाजिक तथा भावनात्मक शिक्षा, ई–लर्निङ, दूरशिक्षण प्रणाली तथाअवरोध भएको विश्व शिक्षा लगायतका विषयहरू समावेश हुनेछन् ।उक्त सम्मेलनमा सहभागी सामुदायिक सहितका ३२ विद्यालय नेतृत्वलाई स्वागत गर्दै दीप्ति आचार्यले यस्तो प्रकृतिको सम्मेलन नेतृत्वको व्यावसायिक विकासको एउटा महत्त्वपूर्ण पाटो रहनुका साथै यो महामारीको तत्कालीन आवश्यकता समेत रहेको तथ्य माथि प्रकाश पारिन् ।

मसाभ अलुमुनाईका प्रतिनिधि कपिलदेव रेग्मीले यस किसिमको अन्तरसञ्जाल सम्मेलनलाई सम्भव तुल्याउन नेपालकालागि इजरायली राजदूत बेनीओमरबाट भएको पहलको सराहना गरे । इजरायलआदर्श शिक्षा,प्रविधि र कृषिमा विश्वप्रसिद्ध छ । उक्त प्रशिक्षणात्मक सम्मेलनमा ग्यालेक्सी, प्रिमियर, एपेक्स लाइफ, संस्कृति, केडब्लुएस, वृहस्पति विद्यासदन, डीउभी, अक्षरा, काठमाडौँ प्रज्ञाकुञ्ज लगायतका संस्थागत विद्यालयतथा नेपालको सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल, रत्नराज्यमावि लगायतका सामुदायिक विद्यालयहरूको समेत सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।