बुधबार, बैशाख १२, २०८१

कुवेतबाट नेपाल फर्किएका महिलालाई कोभिड संक्रमण, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौं जेठ ३२ ,  गत शुक्रवार कुवेतबाट कुवेत सरकारले चार्टड फलाईटमार्फत नेपाल पठाएका १ सय २ जना नेपाली नागरिक मध्ये एक महिलालाई कोभिड संक्रमणको पुष्टि भएको छ । उनको अवस्था गम्भीर छ। उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा उपचार उपचार भइरहेको बुझिएको छ।

संक्रमण आशंकामा यसअघि नै अस्पताल भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीलाइ उदृत गर्दै प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार टेकु अस्पतालमा ती महिलासहित कोरोनाका ७ बिरामी छन्। ‘अवस्था अलि गम्भीर भएका ती महिला र अर्का एक पुरुषको आईसीयूमा अन्य संक्रमितको आइसोलेसनमा उपचार भइरहेको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।