मङ्लबार, बैशाख ११, २०८१

काठमाडौं उपत्यकामा फेरी थपियो ९जना कोभिड संक्रमित

 बन्दान्दीको  सहजीकरणको नाममा  व्यक्तिले   स्वास्थ्य सुरक्षाको लागि देखाएको उदासिनता सहितको चहल पहलले संक्रमणको संभावना थप मुखरित  

काठमाडौं असार ११,  मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा आज ४८ महिला र ३ सय ८६ पुरुष गरि ४ सय ३४ जनामा संक्रतिको पहिचान भएको छ । आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार आज काठमाडौं ४ भक्तपुरमा ४ र ललितपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको  हो ।

साथै संक्रमित पहिचान भएकाहरुमा काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा १ पुरुष रहेको पनि उहाले बताउनुभयो ।

यसैवीच सरकारले कोभिड संक्रमण नफैलियोस भन्ने लक्ष्य सहित घोषित बन्दाबदीको आदेशलाइ सहजीकरण गरेसंगै दिनानुदिन संक्रमितको सख्या बढ्दो रहेको पाईएको हो । बन्दान्दीलाइ सहजीकरण गरेपनि व्यक्तिले स्वास्थ्य सुरक्षाको लागि देखाएको उदासिनता सहितको चहल पहलले संक्रमणको संभावनालाइ थप मुखरित गरेको सम्वद्ध विज्ञहरुको अभिमत रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।