शुक्रबार, चैत्र १६, २०८०

उपत्यका विकास प्राधिकरण खारेज गर्न नगरपालिका फोरमको माग

  • अनुप प्रधान

काठमाडौं जेठ २७ , उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले आज विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो ।

त्यस्तै अध्यष काठमाडौ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जारी गर्नु भएको विज्ञप्तिमा २०४५ सालमा तत्कालिन राजा वीरेन्द्रले लालमोहर लगाएको ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै नगरपालिका फोरमले पटक–पटक खारेजीको माग गर्दै आएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ‘स्थानीय तहका निर्णय नमान्ने, स्थानीय तहका आयोजनामा सहयोग गर्ने, जनप्रतिनिधिलाई निर्देशन दिने, नगरसभाले गरेका निर्णय बिरुद्ध अदालतमा मुद्दा दायर गर्न जाने जस्ता कार्यमा प्राधिकरण लागिरहेको छ,’ उहाँले भन्नुभयो, ‘अधिकार क्षेत्र बाहिर गएर स्थानीय तहको अधिकार प्रयोगमा समेत बाधा पु¥याउँदै आएको संस्था खारेजी बाहेक अरु कुनै विकल्प नभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।