शुक्रबार, चैत्र १६, २०८०

आज ४ सय ३४ जना नयाँ संक्रमितको पहिचान भएसंगै संक्रमितको सख्या ११ हजार नाघ्यो

काठमाडौ असार ११, मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणको क्रममा आज ४८ महिला र ३ सय ८६ पुरुष गरि ४ सय ३४ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको र आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ जनाको कोभिड परिक्षण गरिएको जनाउदै मन्त्रालयले आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण गरिएको जनाएको छ ।

त्यस्तै देशभरीका क्वारेन्टाइनमा ७४ हजार २२ जना र ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेको जानारीदिदै आजमात्रै महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या २ हजार ६ सय ५० पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।