बुधबार, बैशाख १२, २०८१

आज थप २ सय ७३ जना नयाँ कोभिड संक्रमितको पहिचान

काठमाडौं जेठ ३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले  नेपालमा २४७ पुरुष र ३६ महिला गरि थप २ सय ७३ जना नयाँ कोभिड संक्रमितको पहिचान भएको बताउनु भएको छ । योसंगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

त्यस्तै मन्त्रालयले मुलुकको ७२ जिल्लामा कोभिड संक्रमणको प्रभाव फैलिएको र संक्रमणका कारण मृत्यु वरण गर्नेको सख्या १८ पुगेको जानकारी दिनुको साथै  प्रवक्ता डा। जागेश्वर गौतमले उपचारपछि डिस्चार्ज हुनेको सख्या ९ सय १३ पुगेको बताउनुभयो।

त्यस्तै उहाँले देशभर हाल ४ हजार ४०४ जना ‘आइसोलेसन’ छन् । १लाख ५० हजार ५४९ जना ‘क्वारेन्टिन’मा रहेको र एक लाख २७ हजार २८८ ओटा ‘पीसीआर’ परीक्षण गरिएको जानकारीदिनु भएको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।