बिहिबार, चैत्र १५, २०८०

अकुत सम्पति आर्जन गर्ने नापी सर्वेक्षक काफ्लेविरुद्ध मुद्धा दायर

काठमाडौ जेठ २८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नापी कार्यालयका नापी सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपायोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्धा दायर गरेको छ । द्दारा जारी विज्ञप्तिमा नापी सर्वेक्षक काफ्लेले पदको दुरुपयोग गर्दै आर्जन गरेको सम्पति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको अनुसन्धानको क्रममा पाइएको उल्लेख गरिएको छ ।

२०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेका सर्वेक्षक काफ्लेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु १ करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेपनि निजको खर्चका सिमाको अनुसन्धान गर्दा रु ७ करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेको पाइएको र यसवीचमा निजको कुल वैध आय र खर्च आय आफैमा असन्तुलन रहेको उल्लेख गरिएको छ ।

साथै दायर मुद्धामा रु ५ करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत खुल्न नसकेका कारण सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरेको छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।