सोमवार, अशोज १२, २०७७

सूचना प्रविधि मन्त्रालयलाई महासंघको ६ बुँदे सुझाव

काठमाडौं असार १४ , नेपाल पत्रकार महासंघले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विभिन्न ६ बुँदे सुझावकासाथै सार्वजनिक सेवा प्रसारण विद्येयकको मस्यौदा हरु पेश गरेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल र रेम विश्वकर्मासहितको प्रतिनिधि मण्डलले मन्त्रालयका निमित्त सचिव राधिका अर्याललाई ६ बुँदे सुझावसहित महासंघले तयार पारेको नेपाल सार्वजनिक सेवा प्रसारण विद्येयक मस्यौदा र आम सञ्चार विद्येयक मस्यौदा हस्तान्तरण गरेको हो ।

महासंघले आफ्नो सुझावमा कोभिड सक्रमणको यस अवधिमा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दवावपूर्ण वेतलबी विदामा राख्ने, पाउनुपर्ने पारिश्रमिक नियमित भुक्तानी नगर्ने तथा काम गर्ने वातावरण नवनाउने तथा मिडिया हाउस बन्द गरेर श्रमजीवी पत्रकारलाई विचल्ली पार्ने जस्ता समस्या देखिएको जनाउँदै महासंघले यसलाई तत्काल रोकी श्रमजीवी पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहलका लागि मन्त्रालयलाई आग्रह गरेको छ ।

यस्तो छ सार्वजनिक सेवा प्रसारण विद्येयकको मस्यौदा

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु