मङ्लबार, कार्तिक ११, २०७७

शक्तिशाली सरकारको नेतृत्व अन्तत बन्यो जुन जोगी आए नि कानै चिरेको चरित्रको चित्रण  

-ललितध्वज खड्का-

 २०७२ सालको महा भूकम्पको समयमा छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी गरेको समयमा राष्टवादको नारा सहित जनजनको आँखाका राखेपनि नविझाउने व्यक्तित्वको छवी बनाउन सफल भएका तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रदर्शन गरेको अदम्य साहसका कारण जनवृतमा ओलीको चर्चा परिचर्चा निकै पुलकित रहेको थियो ।

त्यस समयमा उहाँले जेजे भने र जेजे सपना बाँडे ती सवै जनताले हुबहु स्वीकारर्दै ततकालीन एमाले माओबादी केन्द्रवीचको गठबन्धनलाइ झन्डै दुई तिहाई मत सहित सत्तासिन हुने अवसर दिएको कोहि कसैले सायदै विर्सेको होला । यहाँ सम्मकी नेपालकै ईतिहासमा यस्तो शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसरमा प्राप्त गरेको सरकारबाट नेपाली जनता निकै आशावादी बनेका थिए ।  तर घण्टाघरको समय सूचक घुम्दै जाने क्रममा शक्तिशाली सरकारबाट नेपाली जनताले गरेको आशा र अपेक्षा दिनानुदिन निराशा र दम्भ प्रवृतिमा रुपान्तरण हुने क्रमले निरन्तरता पाउन थालेसंगै पछिल्लो  समय नेपाली जनताले कागलाइ वेल पाक्यो हर्ष न विस्मातको नियती भोग्न बाध्य भएको छ । नपाउनेले के पायो वोक्रै समेतनै चपायो भने जस्तै सरकाले यसवीचमा ओली नेतृत्वको सरकारले प्रदर्शन गर्दै  आएको   शक्ति उन्माद सहितको अराजकताका कारण आज जनतामा निराशाको बादल त छदैछ । त्यसमाथि पनि मुलुकको यावत पक्षमा देखिएको आर्थिक विचलनता , सामाजिकअराजकता , राजनितिक संरक्षण सहितको अपराधिक गतिविधीका कारण यत्र तत्र सर्वत्र मौलाएके अन्यौलता अराजकताको कालो बादलले जनताको ती सवै सपनामा वलात हस्तक्षेपमा परिणत हुन थालेका  छन । 

यहाँसम्की ३३ केजी सुनकाण्ड देखि निर्मला हत्याकाण्ड, मुद्रण प्रेस खरिद प्रकरण जस्ता अनेकन श्रृखलाबद्ध भ्रष्टाचार नियोजित परिपञ्च संगै हत्याहिंसा जस्ता एक पछि अर्को गर्दै शुरु भएको घट्नाको विश्लेषण् गर्ने हो भने यसवीचमा दोषिलाइ कारवाही भन्दा पनि थप सम्मान सहित राज्यले संरक्षण गर्ने क्रममा प्रम ओली खेल्दै आएको भूमिका र बजाउँदै आएको वेमौसी बाजाका कारण जनताले आज जुन जोगी आएपनि कानै चिरेको भन्न बाध्य भएका छन ।

 त्यसमाथि विश्वलाइ   आक्रान्त तुल्याउदै   लाखौ मानव जीवनको इहलिला समाप्त  पार्दै आएको   कोभिड १९-को महामारीले हाम्रो मुलकलाइ  समेत प्रभावित बनाउदै  गर्दा आफ्ना जनताको गरिवी र अभाबलाइ नजिकबाट देखेको र  सबैको पिडा महसुस  गर्न सक्ने   तागत रहेको  बताउन पछि नपर्ने   प्रधानमन्त्री ओलीले पछिल्लो समय नत जनताको पिडालाइ बुझ्ने जर्मको गरे नत भ्रष्टाचारको सवालमा शुन्य शहनशिलताको वकालत गर्ने प्रम ओलीले न कारवाही नै गर्न सके । जसले गर्दा आज प्रम ओलीको हिजो बनेको छवी आफ्नै हर्कतका कारण  आज पानीले भिजेको विरालो सावित भएका छन ।

 उनै राष्टवादी भनिएका प्रम ओलीले सडक देखि सदन सम्म जन आलोचनाको सामाना मात्र नभइ अनेकन सत्तोसरापको सामाना गर्नु परेको छ ।नागरिकमा सरकारको कारकारवाहीप्रति असन्तुष्टि बढ्दै गएको छ्र । समृद्ध नेपाल सुखि नेपाली भन्ने नारा निरर्थक भएको  छ । सरकार झुठो सपना र आस्वाशनको पुलिन्दा सावित भएका छन । यद्यपी समय अझै बाँँकी छ वेलैमा सच्च्नि सक्यौ भने केहि होला अन्यथा भिडिबाट लड्ने………….. लाइ राम राम मात्र भन्न सकिन्छ काँध थाप्न सकिन्नको नियती भोग्न नेकपा सरकार उन्मुख भएको  प्रष्ट देखिन्छ ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु