आइतवार, जेष्ठ ३०, २०७८

आयोगले तोक्यो विद्युत महशुलको नयाँ शुल्क, कसले कति तिर्ने ?

काठमाडौं मसार ५ , विद्युत निमयन आयोगले विद्युतको नयाँ शुल्क निर्धारण गरेको छ।  असार महिनाबाट लागु हुने बताईएको विद्युत महशुलको निर्धारित नयाँ शुल्क अनुसार आयोगले निर्धारण गरेको दररेटमा घरायसी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको बिज्ञप्तिमा जनाइएको छ ।जसमा ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क तिर्नुपर्नेछ ।

उनीहरुरको केसमा विजुली भने निःशुल्क दिइनेछ । त्यस्तै ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ शुल्क लाग्नेछ । उसका लागि प्रतियुनिट ३ रुपैयाँ शुल्क तोकिएको छ ।

२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्कका साथै ६ रुपैयाँ ५० पैसा प्रतियुनिट विद्युत महसुल हिसाव गर्दा आउने शुल्क तिर्नुपर्नेछ । त्यस्तैगरी ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्कलाग्ने र प्रतियुनिट ८ रुपैयाँ का दरले महशुल तिर्नुपर्ने छ ।

त्यस्तै ५१ देखि १०० युनिटसम्म खपत गर्ने उपभोक्ताले ७५ रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्ने र प्रति युनिट ९ रुपैयाँ ५ पैसा प्रतियुनिट महसुल तिर्नुपर्नेछ । १०१ देखि १५० युनिटसम्म विद्युत खपत गर्ने घरेलु ग्राहकहरुले १०० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट ९ रुपैया ५० पैसा शुल्क तिर्नुपर्नेछ । त्यस्तै १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकले १२५ रुपैयाँ डिमान्ड शुल्क तिनुपर्नेछ ।

  २५१ देखि ४०० युनिटसम्म खपत गर्नेले १५० रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्नेछ । उसको केससमा प्रतियुनिट ११ रुपैयाँ महशुल तोकिएको छ । र ४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट १२ रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

त्यस्तै आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइन भन्ने भिन्न भिन्न शुल्क खारेज गरिदिएको छ । केही बर्षअघि मलुकमा लोडसेडिङ हुँदा उद्योगहरुले अतिरिक्त शुल्क तिरेर विद्युत खपत गर्ने गरेका थिए । तर पछिल्लो समय मुलुकमा लोेडसेडिङ हटेपनि उद्योगहरुले अतिरिक्त शुल्क तिर्दै आएका थिए । अब उद्योगीहरु अतिरिक्त शुल्क तिनुपर्ने अवस्था रहेको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु