शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमित सवै डिस्चार्ज भएसंगै भक्तपुर कोभिड मुक्त ,मध्यपुरमा ड्रोन सचेतना अभियान

भक्तपुर जेठ १८, भक्तपुरमा पछिल्लो पटक भेटिएको कोभिड १९का संक्रमति उपचार पछि डिस्चार्ज भएसंगै झक्तपुर शहर कोभिड मुक्त भएको भक्तपुर नगरपालिकाले जनाएको छ। काठमाडौ महानगरपालिकामा सवारी चालकका रुपमा काम गर्ने संक्रमित पुरुष उपचारपछि शनिवार दिस्चार्ज भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यसअघि सङ्क्रमित चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने सशस्त्र प्रहरी, मध्यपुरथिमि शङ्खधरचोकमा सुनसरीबाट आएकी युवती, भेलुखेलका पुरुष र भक्तपुर– ९ की महिला जनप्रतिनिधि गरी चारै जनाले कोभिड संक्रमणलाइ उच्च् मनोवल सहित पराजित गरिसकेका छन । यद्यपी महानगरीय प्रहरी परिसरले जारी लकडाउनको पालना गर्दै अत्यावश्यक कामबाहेक बाहिर नस्किन आम भक्तपुरवासीलाई आग्रह गरेको छ ।

यसैवीच मध्यपुरथिमि नगरपालिकाले कोभिड संक्रमणको उच्च्च जोखिबाट आफु पनि बच्न अरुलाइ बचाउन ड्रोनमार्फत जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिका अन्र्तगत वडा नं १ लोकन्थलीबाट ड्रोन मार्फत यस किसिमको अभियान शुरु गरिएको थाहा भएको छ ।

पछिल्लो समय जारी बन्दाबन्दीकै अवस्थामा नगरपालिकाका विभिन्न वडाका स्थानीय अनावश्यक रुपमा घर वाहिर निस्कने क्रममा बढोत्तरी पाईएसंगै ड्रोन अभियान सञ्चालन गरिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।