बुधबार, बैशाख १२, २०८१

नेपाल सरकारको सोच नै सकारात्मक नहुँदा  नेपालमा  गल्फको  विकास हुन नसकेको  गुनासो 

काठमाडौं जेठ ३ , ७दशक भन्दा अघि अर्थात बिसं २००४ सालमा काठमाडौंको पुरानो सिनामंगल न्हाकाटी हाल कामपा ३२ पुरानो सिनमंगलको एउटा सामन्य परिवारमा पिता मिनबहादुर थापा तथा माता खड्गकुमारी थापाको तेस्रो सन्तान को रुपमा जन्मिएका घनश्याम थापा नेपालको पहिलो प्रोफेशनल गल्फ खेलाडी हुन।

पिता मिन बहादुर थापा गल्फ को सुपरभाइजर भएको कारण थापाले आफु दश बर्षको उमेरदेखि गल्फमा हात हालेको कुरा बताउछन। यसो छुट्टीको समयमा आफ्ना पिता संग गल्फ खेलिरहेको ठॉउमा रमिता हेर्नेक्रममा खेल्नेले टाढा पुगेको बल आफुलाइ केटाकेटी देखेर टिप्न पठाउने गर्थे आफुलाइ पनि बल टिप्दा टिप्दै गेम बुझ्न थालेपछि  सानै उमेरदेखि  बल टिप्ने बाट काम शुरु गरेर क्रमशः गल्फ कोच भएको कुरा थापा बताउछन १० बर्षको उमेरदेखि   गल्फमा प्रवेश गरेका थापाले ७३ बर्ष को उमेर सम्म पनि निरन्तर उर्जाका साथ गल्फमा नै जीबन खर्चिरहेका छन।

 सरकारले गल्फ गेमको महत्व नबुझेर सन १९८० को सेक्टेम्बरमा करिब १००बर्ष गल्फले भोगचलन गरिरहेको जग्गा हवाइ बिभागले बिना मुअब्जा   अधिकरण गरेको र हालसम्म त्यो अधिकरण गरेको जग्गाको बिषयमा कानमा तेल हालेर बसेको छ। यो खेलमा सरकारले चासो  लिदै     भलिबल, फुटबल, क्रिकेटलगायतका खेलजस्तै प्राथमिकता दिनु पर्दछ।सरकारले जबसम्म गल्फ गेम बुझ्दैन तब सम्म यस्को विकास हुन सक्दैन ।गल्फमा धेरै सफलता हात पारेका अधिकांश नेपाली खेलाडी सामान्य परिवारका नै छन् तर नेपाल सरकारको सोच नै सकारात्मक नहुँदा यसको विकास हुन नसकेको गुनासो थापाको रहेको छ।

नेपालको तर्फबाट १९७५थाइल्यान्ड र १९७७ मा फ़िलीपीन्समा दुइवटा बिश्वकप गल्फ गेम मा भाग लिइसकेका घनश्याम थापाले नेपाल लगायत बिभिन्न मुलुकमा थुप्रै जितहरु हात पारेका छन।सरल र मिजासिला स्वभावका थापाले नेपालमा मात्र नभएर नौ बर्ष भारतको मुम्बईमा र चार बर्ष जर्मनीमा गल्फकोच बनेर थुप्रै चेलाहरु उत्पादन गरिसकेका छन।आफुमात्र नभएर आफ्नी धर्मपत्नी सुशीला थापा,छोरा राधेश्याम थापा,छोरीहरु नाति सम्म यो खेलमा सहभागी   छन।

त्यस्तै घनश्याम थापाकी धर्मपत्नी शुसिला कार्की पनि महिला गल्फ खेलाडि हुन,उनले अलइन्डिया महिला गल्फ च्याम्पिएनमा आफ्नो उमेर समुहको गल्फ खेलमा जित हासिल पारेकी थिइन।बिदेश देखी नेपाल सम्म थुप्रैजितहरु हासिल गरेकी शुसिला बिहे अघि यो खेलको बिषयमा आफुलाइ केही जानकारी नभएको बताउछिन।

 गल्फकोच संगको बैबाहिक ससम्बन्धपछि   लामोसमय सम्म गृहणी बनेर बच्चा बच्ची र घरको रेखदेख गरिरहेकी गल्फ खेलाडी शुसिला जर्मन बस्दा को समयमा    छोरासंग सिकेको बताउछिन।घनश्याम थापा र शुसिला थापाका छोरा राधेश्याम थापाले पनि बुवाकै पेशा अंगालेकाछन बुवा गल्फ कोच भएको कारणले दुइ तिन बर्षदेखिनै बुवालाइ पछ्याउदै जॉदा सानै उमेरमा बाट गल्फ गेम सिकेको र आफु दश बर्षको हुंदा एक पटक १८  बर्ष मुनिको गल्फ जुनियर च्याम्पियन   जित हासिल गरेका थापाले नेपाल लगायत बिश्वका बिभिन्न मुलुकमा आयोजना गरिएको प्रतिस्पर्धामा र भागलिएर थुप्रे एवार्ड  जितेका छन। थापाले अमेरिकाको क्यार्लिफोर्नियामा गल्फ कोर्स गरेर नेपाल फर्किएपछि निरन्तर गल्फ कोच बनेर समय बिताइरहेका छन।  कोच  थापा विकसित राष्ट्रमा निकै लोकप्रिय मानिने यो खेल नेपालमा भने अन्य खेलको तुलनामा लोकप्रिय हुन नसक्नु को मुख्य कारण गल्फ खेल प्रतिको गलत बुझाइ रहेको बताउछन।धनाढ़्यले शौखको लागि खेल्ने महँगो खेल हो र यो सामान्यतया उच्च वर्गले मात्र खेल्न सक्छन भन्ने   खेलप्रतिको गलत बुझाइ हो र यहि बुझाइ आममानिस ,खेलप्रेमी तथा सरकारलाइ समेत   पर्दै आएको छ।

कोच  थापा  नेपालमा भने अन्य खेलको तुलनामा लोकप्रिय हुन नसक्नु को मुख्य कारण गल्फ खेल प्रतिको गलत बुझाइ रहेको बताउछन।धनाढ़्यले शौखको लागि खेल्ने महँगो खेल हो र यो सामान्यतया उच्च वर्गले मात्र खेल्न सक्छन भन्ने   खेलप्रतिको गलत बुझाइ हो र यहि बुझाइ आममानिस ,खेलप्रेमी तथा सरकारलाइ समेत   पर्दै आएको छ।

 सरकारले गल्फ गेमको महत्व नबुझेर सन १९८० को सेक्टेम्बरमा करिब १००बर्ष गल्फले भोगचलन गरिरहेको जग्गा हवाइ बिभागले बिना मुअब्जा   अधिकरण गरेको र हालसम्म त्यो अधिकरण गरेको जग्गाको बिषयमा कानमा तेल हालेर बसेको छ। यो खेलमा सरकारले चासो  लिदै  भलिबल, फुटबल, क्रिकेटलगायतका खेलजस्तै प्राथमिकता दिनु पर्दछ।सरकारले जबसम्म गल्फ गेम बुझ्दैन तब सम्म यस्को विकास हुन सक्दैन ।गल्फमा धेरै सफलता हात पारेका अधिकांश नेपाली खेलाडी सामान्य परिवारका नै छन् तर नेपाल सरकारको सोच नै सकारात्मक नहुँदा यसको विकास हुन नसकेको गुनासो थापाको रहेको छ।

बिदेशी   मुलुकमा गल्फ खेल बढी खेलिने हुंदा नेपालमा पनि गल्फ खेललाइ प्रथामिकतामा राखेर यसको  पूर्वाधार   तयार पार्नुपर्ने आवश्यकता  देखिन्छ। हाल नेपालकोराजधानीमा  ३  वटा  ,पोखरामा दुइवटा झापाको चिया बगानमा एउटा,धरनमा एउटा र नवलपरासी  सियुजी   गरि जम्मा ८ वटा मात्र गल्फ मैदान रहेका छन ।  हाम्रो देशको थोरै मात्रै गल्फ खेल्ने मैदान भएकाले देशका अन्य स्थानमा समेत सार्वजनिक जग्गाको व्यवस्थापन गरि खेल मैदान बनाएर गल्फ खेलको विकास गर्न सके पर्यटकहरुको संख्या अझ बढेर नेपाललाइ पर्यटन प्रवर्द्धनको गन्तब्य सम्म डोर्र्याउन गल्फ सरल माध्यम बन्न  मात्र नभइ मुलुकको  अर्थतन्त्रमा समेत टेवा पुग्ने  उहाँको भनाइ रहेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।