शुक्रबार, चैत्र १६, २०८०

कालीमाटी तरकारी बजार क्षेत्रमा एक हजार भन्दा बढिको कोभिड परीक्षण  

  • अनुप प्रधान

काठमाडौं जेठ २,  पछिल्लो समय महामारीको रुपम फैलिएको कोभिड संक्रमणको परीक्षणको   दायरा बढेसंगै संक्रमितको सख्या पनि ह्वात्तै बढेको अवस्थालाइ दृष्टिगट गर्दै काठमाडौं महानगर , कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको समन्वयमा कालीमाटी फलफूल तथा तरकारी बजारमा विहिवार कोभिड १९ को संक्रमण परीक्षण गरिएको छ ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारी गरि कुल एक हजार ३४ जना मध्ये दुई सय जनाको पीसीआर प्रविधिबाट  स्वाब संकलन गरिएको छधने बाँकी को  आरडीटी प्रविधिबाटपरीक्षण  गरिएको    जानकारी प्राप्त् भएको छ ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जोखिममा परेका समूह निर्धारण गरी पहिलो चरणमा १० हजारको नमुना परीक्षण गरिने जनाउदै समूह चरण अन्र्तगत अस्पतालमा कार्यरत चिकित्सक, सुरक्षाकर्मी, तरकारी व्यापारी र सञ्चारकर्मीहरुको परीक्षण गरिने  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।