बिहिबार, बैशाख १३, २०८१

झापा जिल्ला प्रशासनले आज जारी सवारी पास खारेज गरेसंगै पूर्व राजारानीलाई काठमाडौं आउन रोक्यो

काठमाडौ जेठ १ , गृह मन्त्रालयले शुक्रवारबाट उपत्यकाका तीन जिल्लामा लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।  बाहिरी जिल्लाबाट उपत्यका भित्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि गृहले थप कडाइ गर्ने निर्णय गरेको हो ।

यसैवीच पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह काठमाडौ आउनका लागि झापा जिल्ला प्रशासनले आज जारी गरेको सवारी पास केही घण्टामै खारेज गरेको छ । प्रशासनकार्यालयबाट पूर्वराजाले आज पास लिएका थिए ।

तर गृह मन्त्रालयको आदेशमा प्रशासनले पूर्व राजारानीको पास रद्द गरेको हो । लकडाउन सुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका पूर्व राजा ज्ञानेन्द्र शुक्रवार राजधानी आउने तयारीमा रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।