आइतवार, अशोज १०, २०७८

शिक्षण अस्पतालमा सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सक १४ दिन ‘सेल्फ आइसोलेसनमा

काठमाडौ जेठ १,  त्रिवि शिक्षण अस्पतालमा उपचाररत छ वर्षीया बालिकामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ ।

अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा नाक, कान, घाँँटीको बिरामीकाृ उपचारका लागि भर्ना भएकी ति बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्राप्त जानकारी अनुसार संक्रमित बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालले जनाएकोे छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ । अस्पतालले अत्यावश्यकबाहेकका शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) को प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु