बिहिबार, चैत्र १५, २०८०

दहचोकको ७ वर्षीय बालकसहित थप ३ मा संक्रमण ,संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं जेठ १, काठमाडौको दहचोक, जनकपुर र धादिङमा गरी थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ‌ंमा गरिएको परीक्षण अनुसार ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

संक्रमित हुनेमा काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक तथा १७ र ३० वर्षीया महिला रहेको जनाउदे यसअघि आज ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।