शनिबार, बैशाख ८, २०८१

कपिलवस्तुमा २ कोभिड संक्रमित भेटिएसंगै संक्रमितको संख्या १ सय १ पुग्यो

काठमाडौ वैशाख २५ ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु  निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित दुवैजनाको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभएको छ ।

बिहीबार थपिएका २ जनासहित नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ । यी मध्ये २२ जना निको भएर घर फर्किसकेका छन् । निको भएकामध्ये ३ जनामा पुन:सक्रमण देखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।